skip this farak Kura Pravakar
राष्ट्रिय स्वतन्त्र पार्टीले आज देशभर वडा अधिवेशन गर्दै
पहिलो केन्द्रीय महाधिवेशन असार ७–९ गते चितवनमा हुने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी वडा अधिवेशन आज, केन्द्रीय महाधिवेशन असार ७ देखि

देशभर करिब १५ सय वडामा आज अधिवेशन हुँदै, जेठभर पालिका, जिल्ला र प्रदेश अधिवेशनको तालिका सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो केन्द्रीय महाधिवेशन गर्ने तयारीमा जुटेको छ।

39 shares
oil-nigam-amlekhgunj-adv.jpeg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभरका विभिन्न वडामा वडा अधिवेशन सञ्चालन गर्दैछ। पार्टीले गत वैशाख २० गतेअघिसम्म तदर्थ समिति गठन भएका करिब १५ सय वडामा अधिवेशन आयोजना गरेको हो।

पार्टीका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म देशभर करिब ३ हजार वडामा तदर्थ समिति गठन भइसकेको छ। तीमध्ये आधाभन्दा बढी वडाको अधिवेशन चुनावअघि तथा पछिका चरणमा सम्पन्न भइसकेको र बाँकी वडामा आज अधिवेशन हुन लागेको उनले जानकारी दिए।

रास्वपाले वडा अधिवेशन दुई चरणमा सम्पन्न गर्ने योजना बनाएको छ। जेठ ३ भित्र तदर्थ समिति गठन हुने वडाको अधिवेशन भने जेठ १६ गतेका लागि तय गरिएको छ।

त्यसैगरी, पालिका अधिवेशन पनि दुई चरणमा सञ्चालन हुनेछ। पार्टीले जेठ ९ र १७ गते पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टीले संगठन विस्तारलाई निरन्तरता दिन लचिलो व्यवस्था पनि गरेको जनाएको छ। कुनै पालिकामा ३० प्रतिशत वडा अधिवेशन सम्पन्न भए तथा जिल्लाको हकमा ३० प्रतिशत पालिका अधिवेशन पूरा भए माथिल्लो तहको अधिवेशन अघि बढाउन सकिने निर्णय गरिएको छ।

रास्वपाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ भने प्रदेश अधिवेशन जेठ २६ देखि सुरु भएर असार १ गतेसम्म चल्नेछ।

यस्तै, पार्टीको प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुनेछ। पार्टी स्थापना भएको चार वर्ष पूरा हुने अवसर पारेर महाधिवेशनको मिति तय गरिएको जनाइएको छ।

nijgadh-supermart-adz1200-630