skip this

बाढीपहिरो पीडितका लागि निजगढ विद्यासागर स्कुलको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

258 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-भदौ १० गते रसुवा, धादिङ, गोरखा र तनहुँमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि बाराको निजगढ–७ स्थित निजगढ विद्यासागर ईं. बो. स्कुलले आर्थिक सहयोग गरेको छ।

विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो।

बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयको तर्फबाट उक्त रकम प्रदान गरिएको सञ्चालक अध्यक्ष भोला प्रसाद गौतमले जानकारी दिए।

विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्न विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको प्रिन्सिपल अभिषेक मिश्रले बताए ।

nijgadh-supermart-adz1200-630