निजगढका भिमसेन घिमिरे तीन दिनदेखि सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह
वि.सं.२०८३ मंसिर २ बुधवार ०९:०५

बारा-बाराको निजगढ नगरपालिका–६ सडकटोलका ४१ वर्षीय लोकेन्द्रप्रसाद घिमिरे (भिमसेन) तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
गत सोमबार दिउँसो करिब ३ बजे घरबाट निस्किएका घिमिरे त्यसपछि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । आफन्त तथा साथीभाइको घरमा खोजी गर्दा समेत फेला नपरेपछि परिवारले उनको खोजीका लागि सञ्चारमाध्यममार्फत सार्वजनिक आग्रह गरेको छ ।
घिमिरेकी पत्नी शोभा घिमिरेका अनुसार घरबाट निस्किएपछि उनको कुनै जानकारी प्राप्त हुन सकेको छैन । परिवारले प्रहरीमा समेत निवेदन दिने तयारी गरिरहेको उनले बताइन् ।
घरबाट निस्कनुअघि घिमिरेको व्यवहार असामान्य देखिएको भन्दै पत्नी शोभाले उनलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने आशंका व्यक्त गरेकी छन् ।
सम्पर्कविहीन घिमिरेलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई 9864134008 , 9829428965 सम्पर्क गरिदिन अनुरोध गरिन् ।
वि.सं.२०८३ मंसिर २ बुधवार ०९:०५
















