skip this farak Kura Pravakar

कार्गो विमानमा स्वदेश फर्किएका पुनले भने– मैले महासचिवमा दावी गरेकै हो

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : उपचार गरी नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन् ।
जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका छन् ।
स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी नेता पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । तर सहमतिमै नेतृत्व छानिने उनले बताए ।
पूर्वमन्त्री पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धता रहेको बताए ।
केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनको भनाइ छ ।
कार्गो विमानमा फर्किए
नेता पुन स्वास्थ्य उपचार गरि परिवारका सदस्यसहित सोमबार साझ ७ः५० बजे हिमालयन एयरलाइनको स्वास्थ्य सामाग्री बोकेको कार्गो विमानमा फर्किएका हुन् । पूर्व सभामुख समेत रहेकी पुन पत्नी ओनसरी घर्ती समेत स्वदेश फर्किएकी छिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष प्रचण्डको सचिवालयको तर्फबाट रमेश मल्लले स्वागत गरेका थिए ।

nijgadh-supermart-adz1200-630