रोकिराखेको टिपर र बोलेरोमा आगलागी
वि.सं.२०७८ फागुन ३० सोमवार १३:०८
1.71K
shares
सांकेतिक तस्बिर
कैलाली । कैलाली जिल्लामा रोकिराखेको टिपर र बोलेरोमा आगलागी भएको छ ।
प्रहरीका अनुसार आइतबार राति जिल्लाको गोदावरी-५, गेटा मेडिकल कलेज नजिक से.१ क. ९२५ नम्बरको टिपरमा अचानक आगलागी भएको थियो ।
टिपरसंगै पार्किङ्ग गरी राखिएको से.१ च. ९४७ नम्बरको बोलेरोमा पनि आगो सल्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
टिपर र बोलेरोको अगाडिको भाग पुरै जलेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
दमकल र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको उनले बताए ।
वि.सं.२०७८ फागुन ३० सोमवार १३:०८

















