कांग्रेस निजगढको सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै तेस्रो नगर अधिवेशन सम्पन्न, गोले बने नगर सभापति
वि.सं.२०८३ असोज १० शनिवार १३:३२

निजगढ-नेपाली कांग्रेस निजगढको सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शनिबार पार्टी कार्यालयमा घोषणा गरिएको छ ।
सहमति अनुसार सभापति ज्ञानबहादुर गोले, उपसभापति रुपा घलान, बुद्धिमान शाही, सचिव स्वर्ण लामा, सहसचिव चुडाबहादुर आचार्य मिलन निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै युवा सदस्य (३५ वर्ष मुनी) सुजित खनाल, पुरुषोत्तम आचार्य, दलित सदस्य ईन्द्रबहादुर विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।
वडागत सदस्यमा १ बाट राधिका खड्का, बाबुलाल वाईवा, २ बाट गीताकुमारी पुलामी, रामबहादुर थापा, ३ बाट दिपेन्द्र कुमार जिम्बा, मुनाकुमारी डासेली, ४ बाट लुला खड्का, रुपेशकुमार चौधरी, ५ बाट योगमाया अधिकारी, इन्दिरा पोखरेल राउत, ६ बाट लक्ष्मीप्रसाद तिमल्सिना, पुजाकुमारी सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै ७ बाट नेत्रकुमारी थापा, कृष्ण तामाङ, ८ बाट अरुण लामा, ९ बाट उदयबहादुर बस्नेत, कल्पना खरेल, १० बाट मुना राना मगर, दिर्घबहादुर लोप्चन, ११ बाट कमला नेपाली, घनश्याम श्रेष्ठ, १२ बाट मेनुका स्याङबो, हेमबहादुर स्याङतान र १३ बाट सानु कान्छा पाख्रिन, पातलीमाया घलान निर्विरोध निर्वाचित भएका छन् ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । निवर्तमान सभापति नवराज तिमल्सिनाले प्रमाण पत्र वितरण गरेका हुन् ।
त्यसैगरि कार्यालयको माईन्यूट तथा अभिलेख समेत सभापति गोलेलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा पूर्व नगर प्रमुख सुरेशकुमार खनाल लगायतले टिका तथा खादा सहित बधाई ज्ञापन गरेका छन् ।
यसैविच नव निर्वाचित सभापति गोलले सबैलाई समेटेर पार्टीलाई बलियो बनाउने प्रतिकृया दिएका छन् । उनले सर्वसम्मत नेतृत्व चयन गर्न सहयोग गरेको भन्दै सुर्यघलान सहित नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद समेत दिएका छन् ।
वि.सं.२०८३ असोज १० शनिवार १३:३२

















