skip this

बागमतीमा क्रेनकाे ठक्करबाट स्कुल हिँडेकी छात्राकाे मृत्यु

2.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही । सर्लाहीकाे बागमती नगरपालिका अन्तर्गत राजघाटमा क्रेनकाे ठक्करबाट विद्यालय हिँडेकी छात्राकाे मृत्यु भएकाे छ ।

अहिले विहिबार मध्यान्ह बागमती नगरपालिका-७ राजघाट अन्तर्गत नेमी चाेक नजिक क्रेनकाे ठक्करबाट स्थानीय १७ वर्षीया छात्राकाे मृत्यु भएकाे हाे ।

घरबाट नव जन जागरण माविमा अध्ययनका लागि साईकलमा उत्तरतर्फ जाँदै गरेकी स्थानीय रविलाल परियारकी छाेरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेकाे क्रेनले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ ।

विद्युत पाेल बाेक्ने, गाड्ने, उखेल्ने लगायत विभिन्न काममा प्रयाेग हुने क्रेनकाे ठक्करबाट सुमित्राकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएकाे छ ।

आक्राेशित गाउँलेले क्रेनमा केही ताेडफाेड गरेका छन् भने आगाे लगाउने समेत प्रयास गरिरहेका छन् । घटनास्थलमा रहेकाे सशस्त्र प्रहरीले स्थानीयले लगाएकाे आगाे तत्काल नियन्त्रणमा लिएकाे छ ।

 

nijgadh-supermart-adz1200-630