skip this

सेतोपुल नजिकैको फोहोरमा मृत शिशुको शव फेला

2.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । काठमाडौँको धोबीखोला कोरिडोर अन्तर्गत सेतो पुल नजिक नवजात शिशुको शव फेला परेको छ ।

सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रातो कपडाले छोपिएको अवस्थामा स्थानीयले बिहान शव देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630