skip this

काेल्हवीमा स्कुल बसमा हावा भर्नेक्रममा ट्याङ्की पड्कियाे, दुई जना घाइते

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे कोल्हवी नगरपालिका-६ अधनवा बजारमा स्कुल बसमा हावा भर्नेक्रममा ट्याङ्की पड्किदा दुई जना घाइते भएका छन् ।

उमाशंकर चौधरीले सञ्चालन गरेको चौधरी मोटरसाइकल वर्क सपमा युनिसन बोर्डिङ स्कुलकाे बसमा हावा भर्ने ट्याङ्की पड्किएकाे प्रहरीले जनाएको छ ।

विष्पाेट भएकाे ट्याङ्की । तस्बिर साैजन्य : बारा गतिविधि ।

हावा भर्ने ट्याङ्की पड्किदा काेल्हवी-१ का ३० वर्षिय बसका चालक मुना चाैधरी र साहि ठाउँका २१ वर्षिय बसका सहचालक प्रदिप चाैधरी घाइते भएकाे ईलाका प्रहरी कार्यालय काेल्हवीले जनाएको छ । उनीहरुको वीरगन्जमा उपचार भईरहेकाे छ ।

ट्याङ्की पड्किदा बसमा क्षति पुगेकाे छ । बसकाे सिसा फुटेकाे प्रहरीले जनाएको छ । त्यस्तै बजरङ्गी खाद्यान्न उद्याेगमा समेत ठूलो क्षती भएको छ । किशोरी साह कलवारको घरमा क्षती पुगी अन्दाजी ४ लाख बराबरको क्षती भएको कलवारले बताएका छन् ।

nijgadh-supermart-adz1200-630