जितपुरसिमरा उपमहानगरपालिका ३ मा पाेषण सामाग्री वितरण
वि.सं.२०८० वैशाख २८ बिहीवार १७:३५
1.44K
shares

बारा-बाराकाे जितपुर सिमरा उपमहानगरपालिका ३ नं. वडा कार्यालयले गर्भवती तथा सुत्केरी महिलालाई पाेषण सामाग्री वितरण गरेकाे छ ।
पोषण कार्यक्रम अन्तर्गत १५/१५ दिनमा वितरण हुने लक्ष्य बमोजिम आधारभुत स्वास्थ्य चौकी बजनी रामबनमा भएको कार्यक्रममा अण्डा वितरण गरिएको हाे ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष ताराबहादुर कार्किले अण्डा वितरण गरेका हुन् ।
वडा सदस्य माया बि.क. काे अध्यक्षतामा भएको वितरण कार्यक्रमको संचालन वडा सचिब अनिल बिश्वकर्माले गरेका थिए ।
वि.सं.२०८० वैशाख २८ बिहीवार १७:३५

















