skip this

पश्चिम नवलपरासीमा कुल ७२ प्रतिशत मत खस्यो

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नवलपरासी- पश्चिम नवलपरासीमा कुल ७२ प्रतिशत मत खसेको छ । जिल्लामा बिहान ७ बजेबाट २८७ मतदान केन्द्रमा शुरु भएको मतदानमा कुल ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए ।

जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता रहेकोमा १ लाख ७३ हजार ४६९ जना मतदाताले मतदान गरेका छन् । जिल्लामा विना कुनै अवरोध, सौहार्द र सजह वातावरणमा मतदान कार्य सकिएको छ । अहिले मतगणना स्थलमा मतपेटिकाहरु आउने क्रम जारी रहेको छ ।

मतपेटिकाहरु सुरक्षित रुपमा मतगणना स्थलमा आईपुगेपछि सर्वदलीय बैठक गरि प्रकृया पु¥याएर मतगणना कार्य प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा कुल १२० मतदान स्थल र २८७ मतदान केन्द्र थियो । निर्वाचन क्षेत्र १ को मतगणना बर्दघाट नगरपालिका र निर्वाचन क्षेत्र २ को मतगणना रामग्राम नगरपालिका कार्यालयमा गरिने जनाइएको छ ।

 

nijgadh-supermart-adz1200-630