जीतपुरसिमरामा बाघको आक्रमणबाट एक महिला घाइते

621 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित खयरघारीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । मंगलबार बाघले आक्रमण गर्दा घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छन् ।

बाघको आक्रमणबाट उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १४ की वडाध्यक्ष चयन गुरुङले प्रमिलाको अवस्था खतरामुक्त रहेको जनाएकी छन् ।

स्थानीय कपिल खरेलका अनुसार प्रमिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो । तर डिभिजन वन कार्यालय बाराले प्रमिलालाई आक्रमण गर्ने बाघभन्दा पनि ठूलो प्रजातिको चितुवा भएको बताएको छ ।

nijgadh-supermart-adz1200-630