हैजा रोगको नियन्त्रणमा लाग्न बालकृष्ण खाँणले दिए निर्देशन
वि.सं.२०७९ असार ११ शनिवार १३:३७

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा देखा परेको हैजा रोगको नियन्त्रणमा लाग्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । शनिबार सम्बन्धित निकायका प्रमुखहरु र सुरक्षा निकायका प्रमुखहरूबाट हैजा रोगको संक्रमणबारे जानकारी दिँदै सम्भावित महामारी फैलिन नदिनका लागि सबै सतर्कता अपनाउन निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले त्यसको रोकथाम र उपचारको पूर्वतयारीका बारेमा समेत जानकारी लिएका छन् ।
छलफलमा स्वास्थ्य सचिव डा।रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जन लगायत सहभागी थिए ।गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईका अनुसार छलफलमा मन्त्री खाँणले उपत्यकामा खानेपानीको अवस्था, त्यसको परीक्षण भएरनभएको र सम्भावित संक्रमणबाट बच्न भइरहेका गतिविधि र संक्रमित बिरामीहरूको अवस्थाबारे जिज्ञासा राखेका थिए ।
वि.सं.२०७९ असार ११ शनिवार १३:३७

















