कपडा उद्योगमा तातोपानीले पोलेर बारामा मजदुरको मृत्यु
वि.सं.२०७८ चैत ८ मंगलवार ११:५७

बारा । बारा जिल्लाको छातापिपरास्थित कोहिनुर कपडा उद्योगमा कार्यरत एक जना मदजुरको मृत्यु भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरास्थित उद्योगका मजदुर जितपुरसिमरा–२० इनर्वाटोलका २५ वर्षिय शिवनाथ महतोको शरीरमा तातोपानी पोखिएर मृत्यु भएको हो ।
पोलेर घाइते भएका महतोलाई तत्काल वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा ल्याईए पनि यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौँस्थित किर्तिपुर अस्पताल पठाईएको थियो ।
त्यहाँ पुग्दा गम्भीर अवस्थामा रहेका महतोको सोमबार बिहान ३ बजेको करिवमा मृत्यु भएको बारा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी थापाले जानकारी दिए ।
पानी तातिरहेको मेशिनको ढक्कन अचानक खुल्दा आइतबार दिउँसो महतोको शरीरमा पोखिएको थियो । तातो पानीले शरीरका विभिन्न भागमा गम्भिर क्षति भई घाईते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताए । घटना बारे अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
वि.सं.२०७८ चैत ८ मंगलवार ११:५७

















