skip this

होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

भैरहवा – भैरहवाको एक होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलकाअनुसार होटेल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।

गर्मी छल्न स्वीमिङ गर्न पुगेका तुलाधर शुक्रबार साँझ सवा ५ बजेतिर डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरीत संरचना बनाएर होटेल चलाइरहेको छ ।

यसै साता मात्रै बुटवलमा स्विमिङ पुलमै डुबेर एक युवाको मृत्यु भएको थियो ।

-न्युज कारखानाबाट

 

nijgadh-supermart-adz1200-630