सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
वि.सं.२०७९ साउन १० मंगलवार ०९:२१
1.79K
shares

काठमाडौं । सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकल चलाएर मानपुरतर्फ जाँदै गर्दा उनलाई ट्याक्टरले ठक्कर दिएको थियो। धनकौल गाउँपालिका २ स्थित नयाँरोड–मधुवनी सडक खण्डमा ना.७ त १७३५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सर्लाहीको रामनगर गाउँपालिका ५ का २२ वर्षीय रमेशकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गएराति मेडिसिटी वयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ गरेको छ।
वि.सं.२०७९ साउन १० मंगलवार ०९:२१

















