नेपाली चेली आशा पौडेलको हरियाणवी भाषाको गितमा (भिडियो)

1.09K shares

काठमाण्डौं– नेपाली चेली आशा पौडेलको हरियाणवी भाषाको गितमा देखिएकी छिन् । भारतको हरियाणास्थित गुणगाँउ (गुरुग्राम) बस्दै आएकी अभिनेत्री आशाले पहिलो पटक हरियाणवी भाषाको गितमा अभिनय गरेकी हुन् । यसअघि आशाले एउटा हिन्दी भाषाको गितमा अभिनय गरेकी थिईन् ।

शीनम कैथोलिकको स्वरमा रहेको गित हरि हरि चुडिया.. बोलको गितमा आशाले अभिनय गरेकी हुन् । अजय कायतको समुह नृत्य रहेको म्यूजिक भिडियोमा उनलाई योगी दुई नम्बरीले साथ दिएका छन् । Mad 4 Music Hary यूब्टुब च्यानलबाट विहीबार गित सार्वजनिक गरिएको हो ।

को हुन् आशा

नेपालकी स्थापित अभिनेत्री हुन्–आशा पौडेल । एक दशकअघि प्रदर्शन भएका झण्डै आधा दर्जन नेपाली तथा केही भोजपुरी फिल्मकी अभिनेत्री आशा पौडेल चन्द कौशिक यतिबेला भारतमा छिन् ।

सन् २०११ मा विवाह गरेर भारतको गुडगाउँमा स्थायी बसोबास थालेकी यी अभिनेत्रीले विवाह गरेको एक दशकपछि पुनः अभिनय क्षेत्रमा पुनरागमन गरेकी आशा अहिले सक्रिय छिन् ।

बर्दियाकाे गुलरियामा जन्मेकी आशा पछि , काठमाडौंकाे जाेरपाटीमा बसाेबास गर्दै आएकी आशाले २०६३–६४ ताका अभिनय यात्रा प्रारम्भ गरेकी हुन् । आशाले पहिलो पटक अभिनय गरेको नेपाली फिल्म हो ‘दाइको ससुराली’ ।

२०६७ सालमा प्रदर्शन भएको यो फिल्मलाई दिनेश डिसीले निर्देशन गरेका हुन्, जसमा निखिल उप्रेती, सञ्चिता लुईंटेल, प्रिया रिजालका साथमा आशा पौडेलले अभिनयमा डेब्यू गरेकी थिइन् । चिरञ्जिबी बस्नेतको यो फिल्ममा अभिनय गरेपछि आशा अभिनय क्षेत्रमै सक्रिय भैरहिन् ।

त्यसपछि उनले राजु अर्यालद्वारा निर्देशित फिल्म ‘जिन्दगी’ मा अभिनय गरिन्, जसमा निखिल उप्रेती, अरुणीमा लम्साल तथा प्रमोद दीप पनि मुख्य भूमिकामा थिए ।

यी दुई फिल्मपछि आशाले निखिल उप्रेती र भारतीय अभिनेत्री श्वेता तिवारीसंंगै फिल्म ‘त्रिनेत्र’ मा पनि अभिनय गरिन् भने निखिल उप्रेतीकै फिल्म ‘कृष्णा’ मा पनि काम गरिन् ।

त्यसपछि उनले नेपाली तथा भोजपुरी भाषामा बनेको फिल्म ‘कर्जा रगतको’ मा अभिनय गरिन् विराज भट्ट, दिनेश लाल यादव निरहुआ आदिले अभिनय गरेका थिए ।

त्यसपछि उनले कल्याण घिमिरे, गरिमा पन्त आदि कलाकारहरुसंग चलचित्र ‘सासु नन्द बुहारी’ मा अभिनय गरिन् ।

त्यसो त आशाले भोजपुरी फिल्म ‘सबसे बडा रुपैयाँ’ मा पनि अभिनय गरिन्, जसमा निखिल उप्रेती र श्वेता तिवारी मुख्य भूमिकामा थिए ।

यी चलचित्रहरुमा अभिनय गरेसंगै आशाले करिव तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । गायक अमर तण्डुकारको ‘धेरै दिन भो तिम्रो झझल्को’ ती मध्ये सबैभन्दा लोकप्रिय गीत हो । त्यसक्रममा उनले गायिका अञ्जु पन्तको स्वरको एउटा गीतमा पनि अभिनय गरिरहेकी थिइन् ।
आशाले जीवनचक्र, सिलसिला, हाफ बोइल, आम्मै आदि शीर्षकका टेलिश्रृंखलाहरुमा समेत अभिनय गरिन् भने केही टिभिसीहरुमा पनि अभिनय गरेकी थिइन् ।

एक दशकपछि पुनः सक्रिय

एक दशकपछि अभिनय यात्राको पुर्नगमन गरेकी आशा पछिल्लो दुई वर्षदेखि पुनः अनियनमा सक्रिय छिन् । आशाले गायिका अञ्जु पन्तकै स्वरको गीतबाटै पुनः अभिनयमा फर्केही हुन् । चलचित्र जन्म जन्मको पिरती बस्यो’ गीत लाई अन्जु पन्तको स्वरमा रेकर्ड गरेर बजारमा ल्याईएको थियो ।

त्यसपछि बी पाण्डेको शब्द, सुवास भुसालको संगीत तथा मेलिना राई र किरण गजमेरको स्वर रहेको ‘दुई नम्बरी’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । गत महिना टेन्डर २ शिर्षकमा सार्वजनिक गितको म्युजिक भिडियोमा आशाले अभिनय गरेकी थिईन् ।

मायाकाे टेन्डरमा आशा र सुधिरकाे डान्सिङ प्रस्तुति (भिडियोसहित)