skip this farak Kura Pravakar

कोल्हवीमा शैक्षिक क्यालेन्टर लागु ! प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गराउन निर्देशन

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको कोल्हवी नगरपालिकाले वार्षिक शैक्षिक क्यालेन्टर तयार गरेको छ ।

कोल्हवी नगरपालिकाले एक कार्यक्रमका बिच नगरमा रहेको ३२ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई शैक्षिक क्यालेन्डर प्रदान गरिएको छ ।

नगरले शैक्षिक क्यालेन्टर तयार गरेसँगै अब विद्यालयहरु नगरले बनाएको क्यालेन्डर अनुसार सञ्चालन हुनु पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारीले जानकारी दिए ।

कोल्हवी नगरपालिकाभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक शुक्रबार किताबी पढाईको साटो अतिरिक्त क्रियाकलाप गराउन निर्देशन दिएको छ ।

नगर प्रमुख रामप्रसाद चौधरीले अतिरित्त विषयको ज्ञान आर्जन गर्न शुक्रबार अतिरिक्त क्रियाकलाप गराउन निर्देशन दिएका हुन् । कोल्हवी नगरपालिकाले कक्षा पाचँको बर्षिक परीक्षा लिने भएको छ ।

nijgadh-supermart-adz1200-630