सिमराको आँखा शिविरमा दुई सय जनाको परीक्षण गर्दा ४० जनामा मोतिबिन्दु भेटियो
वि.सं.२०८० भदौ ६ बुधवार ११:२९

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ दशबिगहामा आयोजित आँखा शिविरमा दुई सय जनाको परीक्षण गरिएको छ ।

पशुपति टोल विकास समिति र हुलास स्टिलको संयुक्त आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच शिविर भएको भएको हो । सरस्वती आधारभुत विद्यालयमा संचालन भएको एक दिने आँखा जाँच शिविरमा २ सय जनाको आँखा जाँच भएकोमा ४० जनामा मोतिबिन्दुका विरामी भेटिएको छ ।
मोतिविन्दुका बिरामीहरुलाई निःशुल्क सल्यक्रिया गरिने वीरगंज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिएका छन् ।
शिविर उद्घाटन कार्यक्रममा टोल विकास समितिका अध्यक्ष सोमबहादुर लामा, रूपान्तरण युवा क्लबका अध्यक्ष रामकुमार अर्याल, आँखा अस्पतालका कार्यक्रम संयोजक प्रेम घिमिरे लगायतहरुको उपस्थित रहेको थियो ।
वि.सं.२०८० भदौ ६ बुधवार ११:२९
















