दक्षिण ललितपुरको महाकाल गाँउपालिका सबै वडा काँग्रेसको जित
वि.सं.२०७९ जेठ ३ मंगलवार १४:४४

काठमाडौं ।दक्षिण ललितपुरको महाकाल गाँउपालिकाको पालिका अध्यक्षसहित सबै वडा नेपाली काँग्रेस विजयी भएको छ । महाकाल गाँउपालिकाको १ नम्बर वडा बुखेलमा नेपाली काँग्रेसका रामप्रसाद दाहाल विजयी भए । उनले ४ सय ७४ मत ल्याएका छन् भने उनका निकटम प्रतिश्पर्धी नेकपा एमालेका अनिष्थ दाहालले ३ सय ३० मत पाएका छन् ।वडा नम्बर २ बुखेलमा नेपाली काँग्रेसकै जोनीकुमार न्यासुर विजयी भए । उनले ५ सय ६८ मत पाए भने निकटतम प्रतिश्पर्धी नेकपा एमालेका सञ्चमान स्याङतानले ३ सय ४६ मत पाए ।
वडा नम्बर ३ गोटिखेलमा मनोजकुमार पराजुली विजयी भए । उनले ७ सय २० मत पाए । उनका निकटतम प्रतिश्पर्धी गंगाराम तिमल्सिनाले ५ सय ८७ मत पाए । वडा नं. ४ चन्दनपुरमा कृष्णप्रसाद तिमल्सिना विजयी भए उनले ७ सय १७ मत पाए भने निकटतम प्रतिश्पर्धी शान्तप्रसाद गौतमले ४ सय ४९ मत पाए ।वडा नं.५ कालेश्वरमा नेपाली काँग्रेसका भुमिनन्द घिमिरे निर्वाचित भए । उनले ४ सय ८२ मत पाए भने उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका राजकुमार घिमिरेले ३सय ८० मत पाए ।वडा नम्बर ६ ठूलादुर्लुङमा विनोद चौरेल विजयी भए । उनले ५ सय २१ म्त पाए भनेृनका निकटम प्रतिश्पर्धी नेकपा एमालेका रमण बञ्जाराले ४ सय २८ मत पाए ।
पालिकाको वडाहरुमा नेपाली काँग्रेसका रामप्रसाद दाहाल,जोनीकुमार न्यासुर,मनोजकुमार पराजुली,कृष्णप्रसाद तिमल्सिना, भुमिनन्द घिमिरे र विनोद चौरेल विजयी भएका हुन् ।यस पालिकाको अध्यक्षमा नेकपा माओवादी काँग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएकी छिन् ।
वि.सं.२०७९ जेठ ३ मंगलवार १४:४४















