पाल्पाको रामपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी
वि.सं.२०७९ जेठ ३ मंगलवार १४:३८
1.54K
shares

काठमाडौं ।पाल्पाको रामपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा रमणबहादुर थापा र उपमेयरमा कांग्रेसकी बालकुमारी थापा निर्वाचित भएका छन् ।
मेयरमा कांग्रेसका उम्मेदवार रमणबहादुर थापाले १० हजार चार सय ५६ मत र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी बालकुमारी थापाले १० हजार तीन सय सात र उहाँका प्रतिस्पर्धी एमालेकी दुर्गादेवी रानाले १० हजार दुई सय ५० मत पाएकि छन् । प्राप्त गर्नुभएको छ ।
वि.सं.२०७९ जेठ ३ मंगलवार १४:३८
















