skip this farak Kura Pravakar

६ वर्षपछि सद्‌भावना पार्टी पुनः सक्रिय, अनिल झाको नयाँ यात्रा सुरु

5.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले नेपाल सद्‌भावना पार्टी पुनर्गठन गरेका छन्।

उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको छ।

मधेशवादी ६ वटा दल एकीकरण भएपछि २०७४ सालदेखि निष्क्रिय बनेको सद्‌भावना पार्टी पुनः सक्रिय बनाउने जिम्मा झाले लिएका हुन्।

झा २०७४ सालको प्रतिनिधि सभा चुनावमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए र खानेपानीमन्त्री समेत बनेका थिए। तर २०७९ को आम निर्वाचनमा भने उनी पराजित भएका थिए।

हाल उनी लोसपा छाडेर पुनः सद्‌भावना पार्टीको नेतृत्वमा सक्रिय भएका छन्।

nijgadh-supermart-adz1200-630