skip this farak Kura Pravakar

फास्ट ट्र्याकमा अब रफ्तार आउँछ : प्रधानसेनापति अशोकराज सिग्देल

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति, समस्या र समाधानबारे संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा सहभागी हुँदै उनले फास्ट ट्र्याक २०८३ चैतअन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य यथावत रहेको स्पष्ट पारे।

उनका अनुसार हालसम्म करिब ४३ प्रतिशत काम सकिएको छ र बाँकी काम छिटो सकिने खालका छन्। ‘हाम्रो सोच भनेको समयमै काम सम्पन्न गर्नु हो। अब गर्नुपर्ने कार्यहरू छिटो सकिने खालका भएकाले गति बढ्नेछ,’ उनले भने।

प्रधानसेनापति सिग्देलले फास्ट ट्र्याक बाहेकका अन्य योजनाहरू खोकनामा नआउने ग्यारेन्टी भए स्थानीय अवरोध न्यून हुने धारणा राखे। उनले खोकना क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका स्थानलाई जोगाएर नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको पनि जानकारी दिए।

उनका अनुसार बनेका संरचनाहरू धेरै हदसम्म प्राकृतिक विपत्तिबाट सुरक्षित छन् र नेपाली सेनाले तोकिएको समयमै परियोजना सम्पन्न गर्ने विश्वास दिलाए।

nijgadh-supermart-adz1200-630