skip this farak Kura Pravakar

नागढुङ्गा सुरुङमार्गमा दस्तुर दर तोकियो, मोटरसाइकल निषेध

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा तिर्नुपर्ने उपभोग दस्तुर निर्धारण गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर सार्वजनिक गरेका हुन्।

निर्धारित दरअनुसार —

कार र भ्यान : काठमाडौँ आउँदा ६५ रुपैयाँ, जाँदा ६० रुपैयाँ

मिनीबस/मिनी ट्रक : आउँदा ११५ रुपैयाँ, जाँदा ८० रुपैयाँ

बस तथा ट्रक : आउँदा २६० रुपैयाँ, जाँदा २०० रुपैयाँ

भारी उपकरण : आउँदा ६०० रुपैयाँ, जाँदा २५० रुपैयाँ

सुरुङमार्गमा मोटरसाइकल चलाउन पाइने छैन।

हाल सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ र छिट्टै सञ्चालनमा ल्याउने सरकारी तयारी छ।

nijgadh-supermart-adz1200-630