skip this farak Kura Pravakar

सार्वजनिक बृहद् शैक्षिक विकास कोष स्थापनाको घोषणा, यसरी बन्न सकिन्छ–विद्यालको संरक्षकदेखि साधारण सदस्य

नयाँ अक्षयकोष थपिदै, पुरानोबाट पुरस्कार वितरण

927 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयले सार्वजनिक बृहद् शैक्षिक विकास कोष स्थापनाको घोषणा गरेको छ ।

विद्यालयको ६१ औं जन्मजयन्ती तथा अभिभावक दिवसको अवसरमा विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै प्रधानाध्यापक हस्तबहादुर लामाले कोष स्थापनाको घोषणा गरेका हुन् ।

प्रधानाध्यापक हस्तबहादुर लामा

कोषमार्फत गुणस्तरिय शिक्षामा सहयोगार्थ आह्वान गरिएको कोषमा इच्छुक दाताले सहयोग रकम जम्मा गर्न सक्नेछन् ।

विद्यालयको बृहत्तरहितका लागि कोष परिचालन गर्न कार्यविधि बनाईनेछ । सार्वजनिक बृहद् शैक्षिक विकास कोषलाई ४ किसिमका सहयोगदाता जोडिन सक्नेछन् ।

विद्यालयको संरक्षक, मानार्थ, आजिवन र साधारण सदस्य बनेर विद्यालयको बृहद् शैक्षिक विकासमा योगदान गर्न सकिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम

दुई लाख ५० हजारमाथि राशी सार्वजनिक बृहद् शैक्षिक विकास कोषमा सहयोग गरेर विद्यालयको संरक्षक सदस्य बन्न सकिनेछ । त्यस्तै मानार्थ सदस्यका लागि एक लाख ५० हजार, आजिवन सदस्य हुन एक लाख भन्दा माथि र साधारण सदस्य १० हजार माथि सहयोग गर्न सकिने छ ।

थपिदै अक्षयकोष

जन्मोत्सवको अवसरमा विद्यालयमा थप दुई वटा अक्षयकोष घोषणा गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले तीन लाख तीन हजार तीन सय तेत्तीस रुपैया राशीको लालबहादुर बल तथा मैयादेवी स्मृती अक्षय कोषको घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रअ हस्तबहादुर लामा र विन्दु लामाले व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमलाई चेक हस्तान्तरण गरेका छन् । उनीहरुलाई विद्यालयले सम्मानपत्र सहित सम्मान गरेको छ ।
त्यसैगरि ध्रुव घिमिरे तथा रामकुमार घिमिरेद्धारा एक लाख एक सय ११ रुपैया राशीको जीवनाथ भीमकुमारी स्मृती घोषणा गरिएको हो ।

अक्षयकोषबाट पुरस्कृत

कार्यक्रममा सीताहरि प्रतिष्ठान काठमाण्डौंद्वारा २०८१ को एसईई परीक्षामा उत्कृष्ट जे.पि.ए ल्याएका २ जना छात्र÷छात्रालाई पुरस्कार तथा सम्मान गरिएको छ । छात्र युरिन गौतम, छात्रा सरिस्मा चौलागाईलाई जनही ७ हजार पाँच सय राशीसहित कोषका प्रतिनिधि जानुका गौतमले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । प्रतिष्ठानका नविन गौतमले प्रत्येक वर्ष दश हजार राशी विद्यालयलाई प्रदान गर्दै आएका छन् ।

त्यस्तै लालसुन अक्षयकोषबाट जेहेन्दार तथा विपन्न २ जना छात्र/छात्रालाई पुरस्कार तथा सम्मान गरिएको छ । छात्र अरुण कार्की, छात्रा रविना विकलाई जनही ४ हजार पाँच सय राशीसहित पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

त्यस्तै हरिभवानी अक्षयकोषबाट जेहेन्दार तथा विपन्न २ जना विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको छ । गरिमा लामिछाने र उपसना ढुंगानालाई जनही ४ हजार पाँच सय राशीसहित पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

त्यस्तै र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमद्धारा स्थापित बासुदेव मनमाई अक्षयकोषबाट कक्षा १२ का उत्कृष्टमा भएका छात्रा प्रमिला भण्डारी र यमकुमारी तिवारी जनही ४ हजार पाँच सय राशीसहित पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । कोषका संरक्षक मनमाई गौतम र अध्यक्ष गौतमले सम्मान प्रदान गरेका छन् ।

त्यस्तै पूर्व विद्यार्थीबाट स्थापित बृहत् छात्रवृत्ति कोषबाट १५ जना जेहेन्दार गरिब तथा विपन्न विद्यार्थीलाई जनही एक हजार राशीसहित कोषका मञ्चका उपाध्यक्ष अजय उप्रेतीले सम्मान प्रदान गरेका छन् ।

त्यस्तै पूर्व विद्यार्थी मञ्च र जगन्नाथ चन्द्रकला स्मृति अक्षयकोषद्धारा सञ्चालित निर्मित बृहत्त छात्रवृति अक्षयकोषबाट कक्षा नसर्रीदेखि कक्षा ११ सम्म प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कोष तथा मञ्चका नारायणप्रसाद गौतम, सिता गौतम, भवानी गौतमले जनही पाँच, चार र तीन सय राशीसहित सम्मान प्रदान गरेका छन् ।

त्यसैगरि विद्यालयले एसईई परीक्षामा ३.७ जीपीए ल्याएका ६ जना विद्यार्थीलाई पाँच हजार राशीसहित सम्मान पत्र प्रदान गरिएको छ । त्यसैगरि पूर्व विद्यार्थी मञ्चले एसईई परीक्षाका ६ जना उत्कृष्ट विद्यार्थीलाई एक हजार राशीसहित सम्मान पत्र प्रदान गरिएको छ ।

त्यस्तै अनुशासित तथा जेहेन्दार तीन जना विद्यार्थीलाई विद्यालयले सम्मान गरेको छ । विद्यार्थी अदिती गौतम, कमला उप्रेती, विभव खत्रीलाई जनही दुई हजारसहित सम्मान गरिएको हो ।

त्यस्तै सरसफाईमा उत्कृष्ट तीन जनालाई सम्मानित गरिएको छ । स्वास्थ्य सामाग्रीसहित सम्मानित हुनेमा जानवी गौतम, यमुना आले, दिप्सना चौरेल रहेका छन् ।

nijgadh-supermart-adz1200-630