skip this

सार्वजनिक माध्यमिक विद्यालय बागदेवको ६१ औं जन्मजयन्तीमा उत्कृष्ट तीन शिक्षक नगदसहित सम्माननित

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ–५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयले उत्कृष्ट शिक्षक नगदसहित सम्माननित गरेको छ ।

विद्यालयको ६१ औं जन्मजयन्ती तथा अभिभावक दिवसको अवसरमा तीन जना शिक्षकलाई सामान गरेको हो ।

सम्मानित हुनेमा रचना शर्मा, सुर्यकुमार चौलागाई, सतिसकुमार कर्ण रहेका छन् ।

अभिभावकहरुलाई निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले तीन हजार जनही राशीसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

यसैविच पूर्व शिक्षक प्रकाश अधिकारीलाई विदाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा उपमेयर सोममाया थिङ, निजगढ़ न.पा. ५ का वडाध्यक्ष सुर्य बहादुर थापा मगर, कार्यपालिका सदस्य मिना चौरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतम, प्रधानाध्यापक हस्तबहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630