नवलपरासीको नहरमा अर्को शव पनि भेटियो
वि.सं.२०७८ फागुन २३ सोमवार २०:४१
2.6K
shares

रुपन्देही । नवलपरासीको गण्डक नहरमा फेरी अर्को शव फेला परेको छ । सोमबार दिउँसो नहरमा एक जना अपरिचित युवाको शव फेला परेकोमा साँझ फेरी त्यसैको नजिक अर्को पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव भएपनि पहिचान हुन नसकेको पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले बताए ।
दुवै शवलाई पानीबाट निकाली पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ फागुन २३ सोमवार २०:४१

















