मिथिला मध्यपरिक्रमामा सहभागी तीर्थालुको मृत्यु
वि.सं.२०७८ फागुन २३ सोमवार २०:२४
2K
shares

जनकपुरधाम । मिथिला मध्यपरिक्रमामा सहभागी एक तीर्थालुको सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहारकी ५० बर्षीया प्रमिला देवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
परिक्रमा टोली जलेश्वर पुगेको बेला जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा पोखरीको सिँढीमा रिंगटा लागेर लडेकी थिइन् ।उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
मृतकको शव जलेश्वर अस्पतालमा पोष्टमार्टम गरेपछि आफन्तलाई बुझाएको प्रहरीले बताएको छ ।
वि.सं.२०७८ फागुन २३ सोमवार २०:२४

















