एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन स्वास्थ्य मन्त्रालयको आग्रह
वि.सं.२०७९ कात्तिक १२ शनिवार ११:०५

काठमाडौं । ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले पछिल्लो समय सङ्क्रमित भएकामध्ये धेरैमा एक्सबीबी सबभेरियन्ट पाइएको बताएका छन् । उनले अघिल्लो महिनाको तुलनामा सङ्क्रमित बढ्नुको मुख्य कारण ओमिक्रोनको सवभेरियन्ट एक्सबीबी भएको उल्लेख गरेका छन्।
श्रावण २१ गतेदेखि असोज १४ सम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरूमा सङ्कलित नमुनाको जिनोम सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिलो पटक पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त भेरियन्ट देशका विभिन्न भागमा फैलनुका साथै कोभिड –१९ को सङ्क्रमण बढेको देखिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
वि.सं.२०७९ कात्तिक १२ शनिवार ११:०५

















