बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति चयनको लागि १२ गते निर्वाचन कार्यतालिका सार्वजनिक हुने

वि.सं.२०८० पुस ८ आइतवार १३:०९

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति चयनको लागि पुष १२ गते निर्वाचन कार्यतालिका सार्वजनिक हुने भएको छ ।
संस्थाको शनिबार १३ औं साधारण सभामा सम्पन्न भएसँगै नयाँ कार्यसमिति, लेखा समिति चयनका लागि निर्वाचन समितिले आईतबार कार्यतालिका सार्वजनिक गरेको हो ।
सहकारी ऐन, २०७४ को दफा ४१ र ४८ तथा निजगढ नगरपालिकाको सहकारी ऐन, २०७६ को दफा ३० र ३७ को प्रयोजनार्थ संचालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनको लागि गठित निर्वाचन समितिका संयोजक अजय कुमार उप्रेतीले सूचना प्रकाशित गरेका हुन् ।
७ पौषमा बसेको बैठकको निर्णयानुसार निर्वाचन समितिले संस्थाको निर्वाचन प्रक्रियासँग सम्बन्धित आकर्षित हुने प्रचलित ऐनहरु, नियमावली, संस्थाको निर्वाचन नीति, र अन्य आवश्यक प्राविधिक तयारी पुरा गरी निर्धारित समितिहरुको निर्वाचन कार्यतालिका १२ गते सार्वजनिक गरिने सूचनामा उल्लेख छ ।

वि.सं.२०८० पुस ८ आइतवार १३:०९