skip this yams_Max_Hospital.jpeg

घाँस काट्न जंगल गएका नवलपुरका सासू-बुहारीलाई बाघले मार्याे

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ-नवलपुरमा बाघको आक्रमणबाट एकै घरका २ जनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ को खहरे जंगलमा घाँस काट्न गएका उनीहरुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

बाघको आक्रमणबाट २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको ज्यान गएको हो ।

आइतबार दिउँसो घाँस काट्न गएका सासू बुहारी साँझसम्म घर नआएपछि आफन्त, स्थानीय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा गए राति करिव १० बजे जंगलमा मृत अवस्थामा शव फेला परेका हुन् ।

घटनास्थल राजमार्गदेखि एककिलोमिटर भित्र विनयी सामुदायिक वनमा पर्दछ ।

सासू बुहारी दुवैजनाको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

nijgadh-supermart-adz1200-630