skip this farak Kura Pravakar

श्री नेराआवि बजनीद्वारा अक्षय कोष स्थापना, पहिलो दिननै ६५ हजार संकलन

1.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजने स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालयको सम्पूर्ण शैक्षिक, भौतिक पक्षलाई मजबुत बनाउने उद्देश्यले अक्षय कोष खडा गर्ने निर्णय गरेको छ ।

अक्षय कोष मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्य रहेको छ। विद्यार्थीको शैक्षिक विकासमा टेवा पुर्याउन अक्षय कोष स्थापना गरिएको विद्यालयले जनाएको छ।

अक्षकोष स्थापना गर्दै विद्यालयले सहयोगको लागि शिक्षाप्रेमी अभिभावक र पूर्व विद्यार्थीलाई समेत आग्रह गरेको छ।

सहयोगदातालाई विद्यालयले सधैँ सम्मान र उच्च मूल्याङ्कन गर्ने समेत जनाएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार अब विद्यालयको अक्षकोषमा अध्यक्ष तिमल्सिनाको ९८४५०२१२०१, प्रधानाध्यापक दिनेश पराजुलीको मोबाइल नम्बर ९८४५६२१६१३ मा सम्पर्क गरेर सहयोग गर्न सकिने विद्यालयले उल्लेख गरेको छ।

अक्षयको स्थापना घोषणा गर्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक, कर्मचारी, समाजसेवी जितपुर सिमरा ४ का विनोद सापकोटाले पाँच हजार ५५५ सहित ६० हजार संकलन भइसकेको छ।

त्यस्तै कलैया उपमहानगरपालिका-१६ निवासी श्री बाल ज्योती आधारभुत विद्यालय जीतसिमरा-१५ को पूर्व प्रधानाध्यापक सुजायत अन्सारीले पाँच हजार पाँच सहयोग गरेका छन् ।

nijgadh-supermart-adz1200-630