skip this farak Kura Pravakar

नेपाल राष्ट्रिय मगर संघको नयाँ नेतृत्व चयन, बाराकी चन्द्रीका बनिन् केन्द्रीय सदस्य

2.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाल राष्ट्रिय मगर संघको तेथो राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा काठमाण्डौमा भएकाे महाधिवेशनले संघको नेतृत्वमा सभापतिमा खोटाङका इच्छु राम रानामगर निर्वाचित भएका छन् ।

उपसभापतिहरूमा काठमाडौँका कृष्ण थापामगर, बाँकेकी उमा थापामगर (महिला) र रुकुम पश्चिमका जनक कुमार वाँठामगर निर्वाचित भएका छन् ।

महामन्त्रीमा धादिङका रामबहादुर थापामगर चयन भएका छन् भने सहमहामन्त्रीहरूमा बागलुङका खडक बहादुर थापा, सुर्खेतका हस्त पुन र धादिङकी सरिता रानामगर (महिला) निर्वाचित भएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी काठमाडौँकी गायत्री रानामगरलाई दिइएको छ ।

खुला सदस्यतर्फ उदयपुरका बमेन्द्र बहादुर बुर्जा मगर, सिन्धुलीका मानबहादुर मगर, रामेछापका भोमबहादुर मगर, काभ्रेपलाञ्चोकका सुरेश थापामगर, म्याग्दीकी देवी कुमारी बुढा, पाल्पाका गोपाल रानामगर र झापाका नारायण जिएम निर्वाचित भएका छन् ।

त्यस्तै प्रदेश प्रतिनिधि अन्तरगत मधेस प्रदेशबाट सदस्य (महिला) तर्फ बाराकाे निजगढ-७ कि चन्द्रिका कुमारी मगर र राैतहटका भगवान वहादुर दर्लामीमगर निर्वाचित भएका छन् ।

कोशी प्रदेशमा झापाका जगत बहादुर रानामगर र ओखलढुंगाकी सकुन्तला मगर (महिला), बागमती प्रदेशमा रामेछापका बुद्धि बहादुर पुलामीमगर र मकवानपुरकी उर्मीला कुमारी पुलामी (महिला), लुम्बिनी प्रदेशमा तनहुँका प्रेम बहादुर कामुमगर र गुल्मीकी धन कुमारी राना (महिला), गण्डकी प्रदेशमा स्याङ्जाका यामबहादुर राना र केशकुमारी कुमारी राना निर्वाचित भए ।

कर्णाली प्रदेशमा सल्यानका कमल घर्तीमगर र सुर्खेतकी चन्द्रा आलेमगर (महिला), सुदूरपश्चिम प्रदेशमा कैलालीका प्रेम बहादुर सुर्जामगर र कञ्चनपुरकी रिना देवी मगर (महिला) चयन भएका छन् ।

nijgadh-supermart-adz1200-630