skip this

बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूह निजगढको नयाँ कार्यसमितिले लियो सपथ (भिडियोसहित)

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहको १६ औँ वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमिति र लेखा समितिका पदाधिकारी तथा सदस्यले सपथ लिएका छन् ।
शालिकराम ढुंगानाको अध्यक्षतामा रहेको कार्यसमितिलाई तामागढी सव डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत राजकिशोर प्रसाद उपाध्यायले पदाधिकारी तथा सदस्यलाई सपथ दिलाएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय सदस्य दुर्गा कोईराला, वडा नंं. ८ का वडाध्यक्ष स्वर्ण लामा, सल्लाहकार रविराज दंगाल, नेकपाका नेता सन्तोष दंगाल, भिमप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

वन समुहका निवर्तमान अध्यक्ष रामप्रसाद ओझाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण वन समुहका कार्यालय प्रमुख हरिप्रसाद न्यौपानेले गरेका थिए ।
सपथ लगत्तै निवर्तमान अध्यक्ष ओझाले नव निर्वाचित अध्यक्ष ढुंगानालाई बुझबुझारत गरेका थिए ।

नव निर्वाचित अध्यक्ष ढुंगानाको अध्यक्षतामा पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले खाता सञ्चालन, वन क्षेत्र अवलोकन लगायतका विभिन्न निर्णय गरेको अध्यक्ष ढुंगानाले बताएका छन् ।

नव निर्वाचित कार्यसमितिले निर्माणाधिन कार्यालय र काठ घाटगद्दीको निरीक्षण गरेको छ ।

पुस ५ गतेको साधारण सभाले ढंगानाको अध्यक्षतामा लक्ष्मी गौतम उपाध्यक्ष, शारदा कुमारी खड्का सचिव, कृष्णप्रसाद खरेल कोषाध्यक्ष, सजना उप्रेती सहसचिव रहने गरि कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । त्यसैगरि सदस्यहरू अन्तरी लामा, पवित्रा कुमारी चौलागाई, मिरा कुवर, दिनेश न्यौपाने, प्रकाश श्रेष्ठ, समिता बोगटी, चित्रकुमार लामा र मोजहर मन्सुर निर्वाचित भएका थिए ।
त्यसैगरि कमल सुवारको संयोजकत्वमा लेखा समिति गठन गरिएको थियो । जसको सदस्यमा नरनाथ गौतम र कमला लामा रहेका छन् ।

nijgadh-supermart-adz1200-630