skip this

चीनसँग सीमा जोडिएको उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याइने

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

गोरखा-चीनसँग सीमा जोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलमा ल्याइने भएको छ । त्यहाँका २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

‘सडक सञ्जाल नजोडिएको र दूरीका हिसाबले टाढा भएकाले सो क्षेत्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन माग गरेका थियौं,’ उनले भने, ‘आज बल्ल केन्द्रबाट निर्णय भएर आयो ।’ सोमबार सो क्षेत्रको मतपेटिका ल्याउन हेलिकप्टर उडान हुने आचार्यले बताए ।

मतपेटिका ढुवानीका लागी हेलिकप्टर माग गर्दै जिल्ला निर्वाचन व्यवस्थापन समितिले गृह मन्त्रालय र निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।

nijgadh-supermart-adz1200-630