skip this

बारा १ `क´ प्रदेश क्षेत्र जाेगाउन दबाब बढाउँदै माओवादी

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- मंसिर ४ मा हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनाैंटमा सत्ता गठबन्धनका शिर्ष नेता जुटिरहेकाे बेलामा बाराकाे क्षेत्र नं. १ काे प्रदेश `क´ नछाड्न माओवादीले दबाब बढाएको छ ।

नेकपा (माओवादी) काे निजगढ र काेल्हवी नगर कमिटीकाे संयुक्त बैठकले प्रदेश सभा नछाड्ने निर्णय गरेकाे छ ।

काेल्हवीमा बसेकाे बैठकले सत्ता गठबन्धनका उम्मेदवार जिताउन सिटबाँडफलाइ सहअस्तित्व जाेगाउने गरि गर्नुपर्ने निर्णय गरेकाे हाे ।

बैठकको निर्णय माथिल्लो कमिटीमा पत्रचार गरिने निजगढ नगर अध्यक्ष सन्ताेष दंगालले जानकारी दिए ।

बैठकमा सहभागीले प्रदेश `क´ माओवादीले छाड्न नसक्ने विषयमा धारणा राखेका थिए । बैठकमा दुवै कमिटीका पदाधिकारी र साे क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका सदस्य सहभागी थिए ।

बैठक निजगढ नगर कमिटी अध्यक्ष सन्ताेष दंगाल र काेल्हवी नगर कमिटी अध्यक्ष रामचन्द्र साफिकाे संयुक्त अध्यक्षतामा बसेकाे थियाे ।

बैठकमा प्रदेश कमिटी सदस्य देवेन्द्र पराजुली, तपेश्वर राय थारु, रविराज दंगाल, छविलाल चाैधरी, धनमाया लामा, लगायत सहभागी थिए ।

nijgadh-supermart-adz1200-630