साली, श्रीमतीसंगै यी नेताको नाम प्रदेश सभा निर्वाचनको लागि सिफारिस भएपछि…
बारा ४ (क) बाट प्रत्यक्ष तर्फ ९ र समानुपातिकमा १८ जनाको नाम सिफारिस
वि.सं.२०७९ भदौ १९ आइतवार १०:१०

काठमाण्डौं–बाराका पत्रकार विदुर खड्काले आईतबार विहान समाजिक सञ्जालमा एउटा पोष्ट गरे–
हैन जनतालाई घाँसहाल्ने पनि सिमा हुन्छ नि, एउटै परिवारबाट तीन उमेदवार, मुतको न्यानो जय नेपाल ।
यो पोष्टमा कांग्रेस नेतृ रिता रिजालले प्रतिकृया जनाईन् । उनले लेखिन्
केको घाँस नि भोलि चुनाव आउदा मासु भात हो, जनतालाई त्यति भए पुग्छ श्रीमती, श्रीमान, छोराछोरीलाई त दिनै पर्छ जो नियम ।
पत्रकार खड्काले शनिबार नेपाली कांग्रेस, प्रदेशसभा क्षेत्रीय कार्यसमिति बाराले निर्वाचन क्षेत्र ४ (क) को लागि प्रत्यक्ष र समानुपातिक तर्फ दावेदार उम्मेदवारहरुको लागि भएको नाम सिफारिसको विषयमा ब्यङग्य गरेका थिए ।
क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गर्दा कांग्रेस पूर्व नगर सभापति छविलाल शर्मासंगै उनकी पत्नी एवं कांगेस नेतृ गीताकुमारी शर्मा र साली एवं शिक्षक नेतृ मीना ढकालको नाम समावेश भएको छ । नेता छविलालको प्रत्यक्षमा सिफारिस भएको छ भने गीताकुमारी र मीनाको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।
अरु को को सिफारिस
कांग्रेसले प्रत्यक्ष तर्फ नवराज त्रिपाटी, श्यामबाबु गुप्ता,ओमकृष्ण कार्की, नारायणी रायमाझी, कपिलदेव यादव, शोभा लामा, टिकाराम पौडेल र राजु पौडेलको नाम सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिक तर्फ महिला, जनजातीबाट रेणु श्रेष्ठ,राम बहादुर अधिकारी, अल्पसंख्यक तर्फ ठगई ठाकुर हजाम, अफरोज आलम अन्सारी, वृजनारायण चौधरी, राधादेवि साह, भीमादेवि शर्मा, दुर्गा रिजाल, हेमन्त ओझा, मुन्नी कुमारी पाठक, रोहित प्रसाद यादव, जगेन्द्र हजारा, संगीता देवि कोईरी, महेन्द्र राउत, विनोद मण्डल र राजन खरेल रहेका छन् ।
वि.सं.२०७९ भदौ १९ आइतवार १०:१०

















