कार्तिक पहिलो साता बारा जिल्ला स्तरीय जुनियर खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
वि.सं.२०८२ असोज २२ बुधवार १७:४५

बारा– “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल ” भन्ने नाराका साथ बारा जिल्ला स्तरीय जुनियर खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८२ यही कार्तिक १ गते (अक्टोबर १८, २०२५) का दिन निजगढ तेक्वान्दो कवर्ड हल मा हुने भएको छ ।
प्रतियोगिताको आयोजन बारा निजगढ तेक्वान्दो डोजाङ, निजगढ–८, बारा द्वारा गरिएको हो भने नेपाल तेक्वान्दो संघको संयोजनमा आयोजना हुन लागेको हो । प्रतियोगितामा निजगढ नगरपालिका–८ को सहआयोजन रहेको छ ।
कार्यक्रममा निजगढ रिसोर्ट, अवतार बचत तथा ऋण सहकारी संस्था लि. निजगढ–७ र सक्षम पुस्तक भण्डार निजगढ–८ ले प्रायोजन गरेको छ । त्यस्तै फरक नेपाल र निजगढ समाचार मिडिया पार्टनर रहेको छ ।
प्रतियोगितामा पुरुष तथा महिला दुवै तर्फका खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ २५, ३०, ३४, ३७, ४०, ४५ केजी मुनिका तौल समूह तथा महिलातर्फ २७, ३५, ४०, ४६ र ५५ केजी मुनिका तौल समूहमा प्रतिस्पर्धा हुने जानकारी आयोजक समितिले दिएको छ।

त्यस्तै, पुम्से तर्फ पुरुष र महिलातर्फ समानरूपमा एकल पुम्से (४ र ६ नम्बर) प्रतियोगिता पनि आयोजना गरिनेछ।
आयोजक बारा निजगढ तेक्वान्दो डोजाङका अध्यक्ष चित्रबहादुर लामा नन्दु अनुसार यस प्रतियोगिताले स्थानीय स्तरमा तेक्वान्दो खेलको स्तर अभिवृद्धि गर्नुका साथै नयाँ खेलाडीहरूलाई अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।
वि.सं.२०८२ असोज २२ बुधवार १७:४५

















