रौतहटमा खेतमा बग्ने पानीमा बगेर दुई बालिका बेपत्ता
वि.सं.२०८२ असोज २० सोमवार १८:३१
1.21K
shares

रौतहट-रौतहटमा खेतमा बग्ने भंगालो पानीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।
देवाही गोनाही नगरपालिका ६ कर्कच टोल बस्ने रामदयाल रामकी छोरी १२ वर्षीया आरती कुमारी र शिवधारी रामको छोरी वर्ष ११ की अन्तिमा कुमारी बेपत्ता भएकी हुन् ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार आज दिउँसो सवा २ बजे कर्कच टोलस्थित खेतको पानी बग्ने ठाउँ (भंगालो) नुहाउने क्रममा दुवै बालिका बेपत्ता भएकी हुन् ।
घटनास्थलमा ६ जनाको प्रहरी टोली खटेर दुवै जनाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
वि.सं.२०८२ असोज २० सोमवार १८:३१
















