skip this

बारामा पर्यटनको प्रचुर सम्भावना छ : मेयर पुरी

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले बारा पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएको बताएका छन् ।

बाराको सिमरामा होटल तथा पर्यटन व्यवसायी संघ बाराको आयोजनामा होटल तथा पर्यटन विकासको सम्भावना र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा मेयर पुरीले पर्यटन प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताए । उनले पर्यटन प्रवद्र्धन अभियानमा आफुहरु पनि हातेमालो गर्न तयार रहेको बताए ।

आपसी दोषारोपणले मात्रै काम हुन नसक्ने भन्दै होटल तथा पर्यटन क्षेत्रलाई माथी उठाउन निजगढ नगरपालिका तयार रहेको धारणा राखे । उनले जिल्लामा कुनै एउटा पालीका मात्रै सकृय रहेर नहुने भन्दै सबै पालीकाले जिम्मेवारीपुर्वक अभियान अगाडी बढाउने हो भने मधेश प्रदेशमै पर्यटन क्षेत्रले सफलता प्राप्त गर्ने बताए ।

सिमरास्थित श्रेष्ठ होटल रेसिडेन्सिमा भएको कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ बाराका संस्थापक अध्यक्ष एवं जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले पर्यटन प्रवद्र्धन गर्न स्थानीय तहको भुमिका महत्वपुर्ण हुने बताए । उनले स्थानीय तहले चासो देखाए जिल्लामा ठुलो संख्यामा पर्यटकको आवागमन हुने बताए ।

कार्यक्रममा नेपाली सेनाका श्री २८ नम्बर बाहिनी पति सानुकाजि थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पालिका जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630