skip this yams_Max_Hospital.jpeg

जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृत फुयालको गृह मन्त्रालयमा सरुवा

2.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालको सरुवा भएको छ ।

उपमहानगरपालिका हाजिर भएको दुई महिनापछि प्रमुख प्रशासकीय अधिकृत फुयाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयमा सरुवा भएको हो ।

उनी असोज ७ गते हाजिर भएका थिए । त्यहाँ भदौं दोस्रो सातादेखि रित्त थियो । त्यसअघि धनुषा स्थित नगराईन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको उपसचिव फुयाल लामो समय रेल बिभागमा बिताएका छन् ।

उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी चन्द्रपुर नगरपालिकामा सरुवा भएपछि फुयाल आएका थिए ।

असोज ७ गते जीतपुरसिमरा उपमहानगरमा स्वागत गरिदै । फाईल तस्विर

पुरी पुनः पुरानै कार्यलयमा फकिएका थिए । करिव ५ महिनाअघि रौतहटको चन्द्रपुर नगरपालिकाबाट सरुवा भई जीतपुर सिमरा उपमहानगर आएका पुरी पुनः चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सरुवा भएका हुन् । उनी १७ भदौंमा चन्द्रपुर नगरपालिकामा हाजिर भए ।

उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृतको दरवन्दी सहसचिव तहको भएपनि सामान्य प्रशासन मन्त्रालयले भने उपसचिवलाई पठाउने गरेको छ । स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतमा संघीय सरकारका कर्मचारीहरुले नेतृत्व गर्ने गर्दछन् ।

nijgadh-supermart-adz1200-630