नेपाल जेसिज अध्यक्षमा विकास मानन्धर निर्वाचित
वि.सं.२०७९ पुस १२ मंगलवार १८:०४

काठमाडौं-नेपाल जेसीज सन् २०२३ को अध्यक्षमा विकास मानन्धर निर्वाचित भएका छन् ।
नेपाल जेसिजको ४९ औं राष्ट्रिय महाधिवेशन विरगंजबाट वर्ष २०२३ को नेतृत्वको लागि अध्यक्ष पदमा काभ्रे जेसीजका पुर्व अध्यक्ष विकास मानन्धर विजयी भएका हुन् ।
बिरगंज जेसिजकाे आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट पाँच सय ९५ मतसहित मानन्धर विजयी भएकाे निर्वाचन प्रमुख भाेलेश्वर दुलालले बताए ।

मानन्धरले पाँच सय ९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी रविन पाेखरेल दुई सय ९७, मत पाए,भन्ने पाटन जेसिजका पुर्व अध्यक्ष सुमन कृष्ण श्रेष्ठले दुई सय ५० मत र जेसिआई धरानका दिपेन्द्र निराैलाले ५९ मत प्राप्त गरि चाैथाे स्थान हासिल गरेका हुन् ।
काभ्रे जेसिज तर्फबाट तेस्रो पटक अध्यक्षको दौडमा उत्रिएका मानन्धरले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिव लगायतका पदमा काम गरिसकेका छन्।
पाँच अध्यक्षमध्ये १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि मानन्धर उच्च मनोबलका साथ मैदानमा थिए।
यसअघिको पाेखरा महाधिवेशनमा अध्यक्ष दौडमा पराजित भए पनि यसपालिको बिरगंज महाधिवेशनमा मानन्धर आधाभन्दा बढी मतान्तरले जित हासिल गरे।
नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा ८१७ मतसहित मनाेहरा जेसीजकी रजनी थापा क्रमश: रामेछाप जेसीजका जीवन कार्की , सतासी धाम जेसीजका कुमार सिंह साँवा लिम्बू ६१४ र हेटौंडा लेडी जेसीजकी रश्मि बस्नेत ५२२ मतसहित विजयी भए।
अध्यक्ष मानन्धरले महासचिवमा अमिस ढकाल, काेषाध्यक्षमा थानकोट जेसीजका माेहन लाल डाँगी, कानुनी सल्लाहकारमा गितानगर जेसीजका अशाेक काेईराला मनाेनित गरेका छन् ।
राष्ट्रिय उपाध्यक्ष पदका लागि नवलपुर जेसिज राधिका भुसाल १०१२, नालदुम नगरकाेटका राजाराम गाैतम १००६, अर्जुधारा जेसीज भिमबहादुर कुँवर ९६४, बिरता लेडी स्वस्तिका आचार्य ९४०, चालआली जेसीज विरबहादुर बेघा ८८८, नेपालगन्ज जेसीज चिरञ्जीवी शर्मा ८८४, काठमाडौं जेसीज अनुप सुनुवार ८६१, कपिलवस्तु जेसीज गुरूदेव पाैडेल ८२४, काठमाडौं लेडी साेनी श्रेष्ठ ८२४, बुटवल जेसीज चन्द्रमणि भुसाल ७८५, बस्तीपुर जेसीज तेज प्रसाद उप्रेती रमेश ७७४, बसामडी जेसीज सराेज अधिकारी ७६५ मत सहित विजयी भएका हुन्।
विजयीपश्चात् नवनियुक्त अध्यक्ष बिकास मानन्धरले लाखौं युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए ।
उनले हजाराैं युवाहरूकाे मतलाई राष्ट्रकाे विकास र जेसिजकाे नयाँ उचाइलाई थप सशक्त पार्दै इँट्टा थप्ने बताए ।
महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि बिरगंजमा भेला भएका हुन् । बिरगंजमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३२ जनाको उम्मेदवारी दिएका थिए ।
वि.सं.२०७९ पुस १२ मंगलवार १८:०४

















