skip this farak Kura Pravakar

माता सरस्वतीकाे महिमा

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

इश्वरी सिंह
हिन्दुहरुको महान चाडहरु मध्ये सरस्वती पुजा पनि एक हो । यस दिन बिद्याकी देबि सरस्वतीको पुजा आराधना गरेर मनाइन्छ ।
हिन्दुहरुको बसोबास रहने हरेक स्थानमा आजको दिन उनको आराधना गरिन्छ ।
एक बर्षलाई छ ऋतुमा बिभाजन गरिएको छ । जस मध्ये वसन्त ऋतु सजिव प्राणिलाइ मन पर्ने ऋतुको रुपमा रहेको छ ।
यस मौसममा खेतभरी सुन जस्तै तोरिको फुलहरु फुली रहेका हुन्छन् । जौ र गँहुको बाला लरक्क लर्की रहेको देख्न सक्छौं । आँपका बोटहरुमा ससाना कोपिलाको रुपमा फुलहरु फुल्न थाल्छन् । चारै तिर रङ्गिबिरङ्गी पुतलीहरु र भङ्गेराहरु रमाइ रहेको हामिले देख्न सक्छौं ।


वसन्त ऋतुको स्वागत गर्नकोलागी भगवानको पालामा माघ महिनाको पाँचौ दिन भब्य कार्यक्रमको आयोजना गरिन्थ्यो । त्यस कार्यक्रममा भगवान् विष्णु र कामदेवको पुजा गरिन्थ्यो । यसै दिनलाई वसन्त पञ्चमिको पर्वको रुपमा मानिएको भन्ने किंवदन्ती रहेको छ।
जब यस सृष्टिको प्रारम्भ भयो त्यस बेला भगवान शिवको आज्ञाले ब्रम्हा जि ले मनुष्य योनिको रचना गर्नु भयो तर पनि केही कमि रहेको महसुस हुन थाल्यो । वँहाहरु यस सृजनाबाट सन्तुष्ट थिएनन् ।


त्यसै बेला ब्रम्हा जिले आफ्नो कमन्डलबाट जल निकालेर श्री विष्णु जिको स्तुति गर्न थाल्नु भयो ।
विष्णु तत्काल प्रकट्ट भइ समस्याको समाधानकोलागी भगवती दुर्गाको आराधना गर्न थाल्नु भयो । माता दुर्गा प्रकट्ट भइ यस संकटको समाधानकोलागी ध्यान मग्न हुँदा उनको शरीरमा श्वेत तेज देखिन थाल्यो । माता दुर्गाको शरिरबाट सेतो वस्त्र धारण गरेको सुन्दरी दिब्य नारिको रुपमा प्रकट भइन् ।
जस्को एउटा हातमा विणा, अर्को हातमा वरमुद्रा थियो । अन्य दुई हातमा पुस्तक र माला रहेको थियो । माता सरस्वती प्रकट्ट भए पछि संसारको वातावरण नै मधुरमय भयो । माता दुर्गाले ब्रम्हा जिलाई सरस्वती उनको पत्निको रुपमा रहने बताउनु भयो।
माता सरस्वतीलाई बागेश्वरी, भगवती, शारदा, विणा, वादिनी लगायत अनेक नामबाट सम्बोधन गरिन्छ ।
विद्याकी देवि सरस्वतीले सङ्गितको उत्पती गर्नु भएकोले इनलाइ सङ्गितकी देवि र सात स्वरकी देवि भनेर पनि पुजिने गरिन्छ ।

-चितवन

nijgadh-supermart-adz1200-630