skip this bagdve 29 th

चन्द्रिका भाउजुले व्यहाेरेकाे पति बियाेग ! अलबिदा नरबहादुर दाइ !

6.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ ८ स्थित लायन्स चाेकमा प्रभु बैंकसँगै टाँसिएको खगराजकाे घरमा निजगढसमाचारकाे कार्यालय थियाे । सटर भएको काेठाकाे सदुयाेगमा केही स्टेशनरी र जङ्कफुड, चिसाे पेय पदार्थ विक्रि हुन्थ्यो । राती अबेरसम्म खुल्ने सटर त्यहिँ थियाे, हाईवेमा । खासगरि साेमबार पत्रिकाकाे फाईनल गर्ने दिन निकै रात हुन्थ्यो ।

अबेरसम्म सटर खुल्ले आँटकाे पछाडी प्रभु बैंकका गार्ड दाईहरुकाे साथ थियाे । त्यसैमध्येका एक हुन्, चन्द्र दाइ । निजगढ ७ याेजनाका नरबहादुर मगर दाई लामाे समयदेखिकाे चिनजान, भेटघाटमा सधै रमाइलो पलहरु थिए ।

यता चन्द्रिका मगरसँग राष्ट्रिय भूमि अधिकार मञ्चको कर्मचारीका रुपमा चिनजान भएको थियाे । कार्यक्रमको निम्तो पत्र बाेकेर उहाँ आउनुहुन्थ्याे ।

धेरैपछि मात्र उहाँहरु बुढाबुढी हुनुहुदाे रहेछ भन्ने थाहाँ पाएँ । दुवैजनासँग छुट्टाछुट्टै चिनजान थियाे । दुवैजना कर्मशिल व्यक्तित्वका रुपमा थप चिनजान र घुलमिल बढ्याे । दाईले बैंक छाडेर आफ्नै अटाे चलाउन थाल्नु भयाे ।

भुमि अधिकार मञ्च छाडेपछि चन्द्रिका भाउजू जनहित सामुदायिक वन उपभोक्ता समूह निजगढ ६ र ७ मा सक्रिय हुँदै यसकाे नेतृत्वमा पुग्नु भयाे । दाेस्राे कार्यकालकाे लागि हालै पुनः अध्यक्ष हुनुभएको छ ।

त्याेसँगै मेचीमहाकाली बहारी संयुक्त आवाज बाराकाे अहिले अध्यक्ष हुनुहुन्छ । यसमार्फत दुखी, पीडितको पक्षमा काम गर्दै आउनु भएकाे छ ।

यी दाइभाउजु केही दिन अघि मेराे घरमा आउनु भएको थियाे । दाजु अस्वस्थ हुनुहुन्थ्यो । पहिले भन्दा निकै कमजोर अवस्थामा देखेर म दुखी भएँ । उहाँ पछिल्लो दिन अस्पतालमा भर्ना भएको कुरा थाहाँ पाएँ तर, भेट्न जाने साेच बनेकाे भए पनि जाने अवसर जुरेकाे थिएन ।

म भारत भ्रमणमा निस्केको बेलामा दाईकाे निधनकाे खबरले स्तब्ध छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै भाउजूसहित समस्त परिवारजनप्रति समवेदना प्रकट गर्छु । याे निकै पीडादायी पलमा बज्रपात खसेकाे क्षणमा सम्हालिन आफैमा कष्टकर छ । तर, यसकाे विकल्प छैन, भाउजू । तपाईंलाई यस घडीकाे सामाना गर्ने साहस मिलाेस् भनी कामना गर्छु ।

प्रभु महालक्ष्मी लाईफ ईन्स्याेरेन्स निजगढ शाखा प्रमुख अमृता बस्नेत लगायत अभिकर्ताकाे टाेली समवेदना प्रकट गर्दै ।

तपाईंले सामाजिक सञ्जालमा पाेख्नु भएकाे भावनालाई यहाँ उल्लेख गर्न चाहान्छु-

खुशिको खोजिमा मैले हजुरलाई पाएको थिएँ
तर थाहा थिएन त्यो खुशी केही समयको लागि मात्र थियो भनेर
अधुरोनै भएपनि केहि समयको लागि साथ अनि माया दिइएकोमा धन्यवाद हजुरलाई
अधुरो साथ भएपनि बैकुन्ठ बास होस हजुरको
हार्दिक श्रद्धाञ्जली ????????????

nijgadh-supermart-adz1200-630