skip this farak Kura Pravakar

टिप्पणी : आफ्नो देशकाे राजसंस्था फ्याकेर विदेशी राजाकाे स्वागतमा विदा दिने राष्ट्रकाे नागरिक

1.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निरङ्कुश राजसंस्थालाई फ्याक्न ७० वर्ष अभियान चल्याे । जसमा १२ वर्ष त शसस्त्र द्वन्द नै भयाे । यसमा १० ओैं हजार नागरिकले ज्यान गुमाए, अंङ्गभङ्ग, बेपत्ता र विस्थापित भए ।

अन्तत: २०६२/०६३ काे जनआन्दोलन भयाे । विद्राेही माओवादीसहितकाे ८ दल, नागरिक समाजदेखि कलाकार, पत्रकार, पेशाकर्मी, विद्यार्थीसमेतकाे सहभागिता भएको दाेस्राे जनआन्दोलनपछि राजा ज्ञानेन्द्र शाहले घुँडा टेके ।

जनताकाे अधिकार खाेसेर निरङ्कुशताकाे चरम अभ्यास चलाएकाे राजाले जनताकाे नासाे जनतालाइ फिर्ता गरे । तर, उनले माफि पाएनन् । बरु ठुलै मूल्य चुकाउनु पर्याे । २४० वर्षको ईतिहास बाेकेकाे राजसंस्था सधैंको लागि संविधानसभाकाे पहिलो बैंठकबाट चैट् भयाे ।

राजा विना देश चल्दैन भन्दा भन्दै दुई दशककाे नजिक पुग्न लाग्याे, राजसंस्था बिनै देश चलेकाे । राजसंस्था फ्याकेपछि देश गणतन्त्रमा प्रवेश गर्याे । संघीय लाेकतान्त्रिक गणतन्त्र आएपछि तत्कालिन राजा नागरिकका रुपमा मठमन्दिर घुमिरहेका छन्, अचेल त नागरिक सभाका नाममा नागरिक अभिनन्दन थाप्दै देश डुलिरहेका छन् ।

माथि मैले हाम्रो देशकाे राजसंस्था र तत्कालिन राजाकाे चर्चा गरेँ । अब कुरा गराैं, विदेशी राजाकाे । नेपालीहरुकाे वैदेशिक राेजगारीकाे एउटा महत्त्वपूर्ण गन्तव्य मुलुक हाे, कतार । यहाँ राजसंस्था छ । अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले नेपालकाे राजकीय भ्रमण गर्दैछन् ।

कतारी राजाकाे नेपाल भ्रमणकाे बेला सार्वजनिक विदा दिईने भएको छ । मन्त्रिपरिषदकाे साेमबारकाे बैठकले भाेली मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

राज भएको देशमा नागरिकले विदेशी राजाकाे भ्रमणलाइ उत्सवका रुपमा मनाउनपर्ने छ । हुन त हामी नेपाली अतिथि देव भव: लाई संस्कार मान्छाैं । देशमा राजसंस्था नभएर के भयाे त ज्ञानेन्द्र शाहले बेला-बेलामा राजाकै शैलीमा देखाएकै छन् क्यारे !

nijgadh-supermart-adz1200-630