skip this

रहेनन् क्याप्टेन सेढाईं !

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको मृत्यु

2.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार (पीके) सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेर आगलागी भएको थियो । हेलिकप्टरमा क्याप्टेन सेढाईंमात्र थिए ।

दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।

Suzuki Dashain Offer

मनाङ एयर प्रालिले क्याप्टेन सेढाईंको मृत्युको खबरले स्तब्ध बनाएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै प्रालिले भनेको छ, ‘चिकित्सकहरुको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा उहाँको दुःखद निधन भएको व्यहोरा जानकारी गराउँदछौं । उपचारका क्रममा सहयोग पुयाउनु हुने अस्पताल, चिकित्साकर्मी, परिवारजन तथा शुभेच्छुकमा हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।’

तीन महिनाको अवधिमा दुई पटक मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको थियो ।

nijgadh-supermart-adz1200-630