skip this

अस्ताउँदो सूर्यलाई अघ्र्य दिएसँगै चैते छठ सम्पन्न

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै चैते छठ सम्पन्न भएको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको पर्व अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरेर मनाईने पर्व हो ।

र दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ्ग लगायतका क्षेत्रमा मनाइने गरिन्छ ।

वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाट, मुर्ली, नगवा, पिप्रा लगायतका छठघाटहरुमा बर्तालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर चैते छठ समापन गरेका हुन् ।

सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको संस्कृतिविद्हरु बताउँछन् ।

nijgadh-supermart-adz1200-630