भूकम्पबाट पीडीतहरूलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन मुख्यमन्त्री रावलको निर्देशन

123 shares

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पबाट पीडीतहरूलाई तत्काल उद्धार गर्न र राहत उपलब्ध गराउन सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले निर्देशन दिएका छन् ।५.९ रेक्टर स्केलको भूकम्प जाँदा बाजुरामा दुई दर्जन भन्दा बढी घरहरूमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अहिलेसम्म एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

मुख्यमन्त्री रावलले प्रदेश मुख्यसचिव, समाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीहरूलाई सम्पर्क गर्दै उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।मुख्यमन्त्री रावलले तत्काल क्षतिको विवरण संकलन गर्न पनि निर्देशन दिएका छन् । क्षतिको विवरण आउनेबित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ ।