skip this farak Kura Pravakar

खुला रुपमा बोतल तथा जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न प्रहरीको आग्रह

729 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ।जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो।

परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह समेत गरेको छ । पेट्रोल पम्पबाट गाडीमा सिधै भर्नेबाहेक खुला रुपमा बिक्री वितरण नगर्न र नगराउन पनि पम्प सञ्चालकलाई प्रहरीको अनुरोध छ।

बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ । हिजो मात्रै सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज ज्यान गएको छ।

nijgadh-supermart-adz1200-630