skip this

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ । मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयीनजिक पुगेकी छिन् । त्यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजउन्मुख छन् ।

हेटौंडा ११ नम्बर वडाको केही मत गन्न बाँकी रहेको छ । गणना बाँकीमत भन्दा बढी मतान्तर भएकाले लामा र बानियाँ विजयउन्मुख देखिएका हुन् । नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल र उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले दुवै जनालाई मत गणना स्थलमै गएर बधाई दिएका थिए ।

nijgadh-supermart-adz1200-630